प्रिय !
सम्झना हाम्रो
क्षितिज भैसक्यो अबत
तिम्रो-मेरो प्रेम कथापनि
एकादेशको कुनै कहानी भएजस्तो !
एकटुक्रा याद
प्रत्येक रात
त्यैपनि सपनी बन्छ्यौआहा !
मेरो प्रिय रात
सपना असाध्यै तितो हुदोरैछ
विपनाभरि सपनाको सपना देख्दा
सपना असाध्यै मिठो हुदोरैछ
सपनाभरि सपनासंग सपना भुल्दा ..
अनि त
फेरि अतित पाना पल्टाउछ -
मनभरि रहर बोकेर
मुटूभरि मायाको
आखाभरि तस्बिर कोरेर
मायालु तिम्रो प्रेमीको
मायालु तस्बिरले
तिम्रो मनको क्यानभास सजायौ
रत आयौ सायद
तिम्रा निला आखाहरुले
खोज्यौ / खोजायौ र पायौ
पायौ रत फेरी गयौ अन्त कतै ...
तरपनि त्यो डाडापाखा
एकान्त बनमा / हरियाली जंगलमा
कहिले मेलामा / कहिले मन्दिरमा
नभेटेको दिन / नभेटेको रात
कहा थिएन र प्रिय ?
मिलनको अँगालो बाधिएको दिन
बिछोडको आशु बगेको क्षण ..
अनि त्यसपछी
खै कुन्नी के के गरेछौ हामीले ?
++++++++
आज अनायास
यो सुनसान रातमा
यो एकान्त-एकान्त कोठामा
जब कल्पिन्छ छुटेको सङ्ग
आफै संगित गुन्जिदोरहेछ पलंग
प्रिय !
तिमिपनि यस्तरीनै
यतिबेला / यस्तै रात
धमिलो पानीमा
माछा मार्दै हौली
कसैको साथमा
शायद बल्छी लिएर दुबैले हातमा ...!
प्रिय !
अब भन
हाम्रो प्रेम रहरमा मात्रै सिमित थियो ?
अबत यस्तो लाग्छ -
कुनै फिल्मी कथाजस्तो
कथा तिम्रो-मेरो प्रेमको !
जव फिल्म शुरु हुन्छ -
प्रत्येक दिन मुटूभित्र काडा बिझ्छ
जव फिल्म अन्त्य हुन्छ -
प्रत्येक रात फूल बनेर जिस्काउछ
तब त यहि दिसाधको जीन्दगी
एकलहर समुन्द्र बन्छ आखाभरी
र उर्लिरहेका छालहरुसंगै
लाग्छ कहिले काही
म पनि हामफालेर बगुझैँ ..!!
0 comments:
Post a Comment