मलाई भूली देऊ प्रिया : मुक्तक-- कबिता I
मलाई भूली देऊ प्रिया म अब आउदीन
झुट्टो बोलीमा बिस्वास म अब पाउदिन
गन्तब्यहिन छन पाइलाहरु न तिमी नै
अन्तिम बत्तिको दिप म अब बन्दिन
«««««««««««««मलाई भूली देऊ प्रिया म अब आउदीन
हेप्यो समाजले देशलेपनि रोकेन युवा
नेताको जस्तो घात भयो जुवाडे जुवा
तिमी नै बन्यौ राजनीति छल छाम भो
को हुँ म ?देश हुँ कि प्रेमी?छोडी कुरुवा
««««««««««««« मलाई भूली देऊ प्रिया म अब आउदीन
मुटु नै दुखि सक्यो जीवनको के कुरा ?
पुगेको चोट मुटुमा तिम्रो यो घातले पुरा
घाइते बनेकोछु मर्न सकेकोछैन फेरी म
आक्रमण हुन सक्छ तिमीलाई बनी माकुरा
««««««««« ««««मलाई भूली देऊ प्रिया म अब आउदीन
माफ हुन्न हुन्न जीवनमा बात धेरै भयो
बोलीको कुनै कदर भएन घात मेरै भयो
सुकेको कोपिला सम्झी फर्कन लागेको थिएँ
दोबाटोमा देखें पछि मनको दर्द पुरै भयो
««««««««««««« मलाई भूली देऊ प्रिया म अब आउदीन
मेरो के भुल थियो मेरो ? तिम्रो जीवनमा
आखिरी देखायौ आफ्नोरुप मेरो रोदनमा
सारा कष्ट सहेकी थिएँ म तिम्रो मिलनको
काँच झैँ फुट्यो यौवन कल्पसम्मोहनमा
«««« ««««««««मलाई भूली देऊ प्रिय म केही भन्दिन
मोहन आचार्य ´´जलद´´
प्रगतिनगर ,नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
दिनांक १६/०७/२०१२ दिवा २.३० लिस्बोन
0 comments:
Post a Comment