Thursday, August 2, 2012

प्रेम पत्र

अहो, फेरि अर्को मुटु चुँड्ने दिनले हामीलाई स्पर्श गरिसकेछ । समय कति बेगवान छ है, तिमीसँग भौतिक रुपमा टाढिएको पनि बर्षौ बितेछ । हिजो आज त चिठीपत्र टेलिफोन इमेल सबै सबै बन्द भए । तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ । सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् ।

कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ ।

स्वर्णिम कति अमिल्दो छ हैन ? सामाजिकताको दह्रो खम्बा समाएर उभिएकी तिम्री स्वप्निल एकान्तमा कर्तब्य भुल्छे,जिन्दगी भुल्छे र तिमीसँग रमाउछे । चेतनामा म यी सब भुल्दिन तर कहिले काँही के त्यस्तो तन्द्रा छाउँछ कुन्नि ?

कहिले काँहि आफ्नो बडो माया लागेर आउँछ । लाग्छ,पलपल तड्पेर कति दगुर्नु समाज र संस्कारको पछाडी? त्यसो त अब अल्लारे रहेनौ हामी।अतः पारिवारिक कर्तव्य भुलेर प्रेमकै खातिर जिउज्यान अर्पन सुहाउदैन ।म अनि तिमी भेतिनुको गन्तव्य भेटिनुमै हाम्रो प्रेमको जीत छैन ।हाम्रा आफ्नाहरू बाट अलग्गिएर छुट्टिएर प्राप्त भएको प्रेममा न त तिमी खुसी हुन सक्छौ न त म नै ।भन्न त भन्छन-पहिले आफ्नो बारेमा सोच्नु पर्छ ।तर आफ्नो एकतर्फी खुसीका लागि नाता सम्बन्ध परिवेश लत्त्याएर म केहि सोच्न सक्दिन । र तिमी पनि सक्दैनौ । तिम्रा आफ्ना भई बहिनी  आमाबाबु बाट अलग रहेर तिम्रो जिन्दगी पुरा हुने सक्दैन । जेहोस स्वर्णिम, तिमी रहेरै मलाई प्रेम गर र म म रहेरै तिमीलाई प्रेम गर्न चाहन्छु । यहाँ जति सुकै आधुनिकता या स्वतन्त्रताका कुरा चलुन हामी आ-आफ्नो वास्तविकता भुलेर प्रेमको छुट्टै संसार रचना सक्दैनौ ।

हिजो आज प्रेमका खातिर ज्यान फाल्नेहरुको खुब बिगबिगी छ । तर प्रेम देखि हारेर ज्यान अर्पनेहरु प्रति मलाई सख्त घृणा छ । मान्छेले यसरी जीवनलाई सस्तो गरि तौलिएको देखेर मलाई बडो अचम्म लाग्छ । मान्छेको जीवन केवल एउटा सम्बन्धमा गएर टुंगिदैन  । प्रेमका अलावा पनि उसको फराकिलो सम्बन्ध हुन्छ  । र त्यो सम्बन्ध प्रति पनि त्यत्तिकै वफादार हुनु जरुरी छ जति ऊ आफ्नो प्रेमी प्रेमीका प्रति छ   ।

स्वर्णिम, प्रेमका बिषयमा धेरै नै नकारात्मक धारणा छन र त्यसलाई मेटाउनका लागि पनि हामीले हाम्रो प्रेमलाई धमिलिन दिनु हुन्न  । जेहोस यो भन्दा ज्यादा नलेखु  । तिम्रो जीवन सुगम रहोस्  ।

उही तिम्रो स्वप्निल

Happy Valentine day

0 comments:

Post a Comment

Popular Posts

Bookmarks

तपाई सधौ रिसायार बोल्नु हुन्छ ? त्यसको परीणम तपाईलाईत फाईदा नै होला तर तपाईको ईस्टमित्र तथा तपाईको श्रीमान तथा छोरा छोरीलाई त्यसको प्रत्याक्ष असर पारेको हुन्छ तपाई रिसउनु तपाईको अधिकार हो तर किन रिसाउने र रिसाउदाको असरको बारेमा तपाईलाई प्रत्यक्ष नभनेको पनि हुन सक्छन तर तपाईलर आफ्नो गत्ति सुधार नु ल ।

Instructions

त्यामाया

नेपालको बारेमा जानेको हुदा

BThemes

Comments

BTricks

Featured Video

धनिको घरमा जन्मेको भनेता पनि खान लगाउनको लागी मलाई २४ घण्टामा २४*२४ वटा समस्या आई पर्दछन् के गर्ने धनी भने पनि गरिब भने पनि समस्यै समस्याको जिबन हो मेरो

Links

love

love

सुचना सुचना सुचना

डाईनामिक कम्प्युटर ईन्स्टीच्युटमा निम्न कोर्शको भर्ना खुलेको हुदा आफ्नो सिट सुरक्षितको लागि आजै सम्पर्क गर्नु भई मैकाको फाईबा लिनु होस सिट सिमित छ।